पान्थर मञ्च हङकङको 1st. वार्षिक भेला (video)

पाँचथर सेवा समाज हार्दिक स्वागत गर्दछ।

Thursday, December 24, 2009

लिम्बू भाषाको ऐच्छिक विषयको कक्षा सञ्चालन

पाँचथरको इम्वुङ गाविसस्थित एकमात्र उच्चमावि सतेहाङमा उच्च माध्यमिक विद्यालयमा यसै शैक्षिकसत्र ०६६/०६७ देखि लिम्बू भाषाको ऐच्छिक विषयको कक्षा सञ्चालन गर्न थालिएको छ ।पाँचथरमा प्राथमिक तहअन्तर्गत कक्षा पाँचसम्म लिम्बू भाषाको ऐच्छिक विषय आनिपान कक्षा सञ्चालनमा पाठयपुस्तक अभावका कारण सो विषयको पठनपाठनमा केही समस्या आए पनि यसै शैक्षिकसत्रदेखि कक्षा ११ मा लिम्बू भाषाको ऐच्छिक विषयका रूपमा पढाइ सुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देशकुमार नेम्वाङले बताउनुभयो ।साहित्यकार तथा लिम्बू भाषाविद् थाम्सुहाङ पुष्प सुब्वाले हालै एक समाराहबीच औपचारिक उद्घाटन गर्दै जहाँ रहे पनि जुनसुकै जाति भए पनि जातिको पहिचान भाषामात्रै भएकाले आफ्नो भाषालाई बिर्सनु नहुने र भाषालाई आफै संरक्षण र सम्वर्द्धन गरिएन भने सम्पूर्ण जातिको पहिचान गुमेर जाने बताउनुभयो ।

0 comments:

Post a Comment

Followers

Text

  ©Template by Dicas Blogger.