पान्थर मञ्च हङकङको 1st. वार्षिक भेला (video)

पाँचथर सेवा समाज हार्दिक स्वागत गर्दछ।

Wednesday, November 25, 2009

मौलिक अधिकार तथा निर्देशक सिद्धान्तको प्रारम्भिक मस्यौदा जलाइयो


काठमाण्डौ/ संबिधान सभाको मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिले तयार पारेको प्रारम्भीक मस्यौदामा आदिवासी जनजातिहरुको अधिकार कुनै पनि नसमेटिएको ठहर गर्दै नेपाल आदिवासी जनजाति महासंघले उक्त मस्यौदा संबिधान सभा भवन अगाडी जलाएको छ ।आत्मनिर्णयको अधिकार, जातिय स्वशासन र स्वायत्तता प्राकृतिक श्रोत साधान माथीको अग्राधिकार, पुर्व सुसुचित सहमतिको अधिकार, परम्परागत ज्ञान, सिप र अभ्यासको अधिकार तथा समानुपाति समावेसी प्रतिनिधीत्वको अधिकार लगायतका अधिकारका बुँदाहरु आदिवासी जनजातिको मौलिक हकको रुपमा संबिधानमा लेखिनु पर्दछ भनि बिगत लामो समय देखि नेपालका आदिवासी जनजातिहरुले उठाउदै आएको छ तर तिनै मुद्धाहरु मौलिक अधिकारको मस्यौदामा नसमेटिए पछि नेपाल आदिवासी जनजाति महासंघले त्यसको बिरोध गरेको हो ।
मस्यौदा जलाउने कार्यक्रममा संक्षिप्त मन्तब्य दिदै महासंघका अध्यक्ष पासाङ सेर्पाले यो मस्यौदाले आदिवासी जनजातिको कुनै पनि अधिकारलाई नसमेटिएकोले जलाउनु परेको भनि भन्नु भयो । आगामी दिनमा नयाँ संबिधानमा आदिवासी जनजातिको अधिकार समेटिएन भने यसै गरी संबिधानलाई आदिवासी जनजातिहरुले जलाउन नपरोस भनि संबिधान सभालाई सचेत गराउनको लागि पनि यो बिरोधको कार्यक्रम आयोजना गरीएको हो भनि सेर्पाले भन्नु भयो ।कार्यक्रममा थारु नेता लक्ष्मण थारु राजकुमार लेखी, लिम्बुवानका नेता कुमार लिङदेन, खगेन्द्र माखिम लगायत बिभिन्न जातिय संस्थाका नेताहरुको उपस्थीति रहेको थियो । कार्यक्रममा ऐक्यवद्धता जनाउनको लागि माओवादीका सभासद ईन्द्रजित थारु, सुर्यमान दोङ, नेपाली कांग्रेसका सभासद लिला सुब्बा समेतको उपस्थीति रहेको थियो भने महासंध सचिवालय सभासद राम बहादुर थापा मगर, भिमराज राजवंसीको पनि उपस्थीति रहेको थियो । सचिवालयका उपाध्यक्ष टेकबहादुर सुनुवार, प्रकासकुमार मण्डल तथा सचिव पर्तमान धिमाल, प्रेम बराम, बिजय दनुवारले मस्यौदामा आगो लगाई सर्वाजानीक रुपमा जलाएका थिए।

Read more...

Sunday, November 22, 2009

नेपाली समाज यूएईद्धारा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न


अर्जुन दाहाल युएई-, २२ नोभेम्वर नेपाली समाज यूएईद्धारा जनवादी गायक द्धय प्रदिप देवान, मञ्जुल र पहिलो नेपाली तारा दिपक लिम्बूलाई स्वागत गरिएको छ ।
यूएईमा २० नोभेम्वर का दिन दुबईको अस्टोरिया होटलमा नेपाली समाजले आयोजना गरेको रमाइलो साँस्कृतिक साँझ कार्यक्रममा उक्त स्वागत गरिएको हो ।
सोही कार्यक्रममा श्रम सहचारी पार्वती अर्याल र सरस्वती थोकरलाई पनि स्वागत गरिएको थियो ।

यसैविच नेपाली जनप्रगतिशिल मञ्च यूएईले पनि जनवादी गायक प्रदिप देवानको स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली जनप्रगतिशिल मञ्च यूएईले नेपाली रेष्टुराँमा आयोजना गरेको सो स्वागत कार्यक्रममा प्रदिप देवानले जनवादी सास्कृतिक कार्यक्रम गर्न सुझाव पनि दिएका छन्‍ ।
जनवादी गीति एलव्म "आस्थाका स्वरहरु" उपहार स्वरुप प्रदान गर्दै गायक देवानले नयाँ नेपाल बनाउनका लागि अव साँस्कृतिक क्रान्ती गर्न सम्पूर्ण प्रगतिशिल नेपालीहरु एक ढिक्का हुनुपर्नेमा जोड दिदै जनवादी गायक स्वयं नेपालबाट साँस्कृतिक टोली लिएर आउने र जनवादी साँस्कृति कार्यक्रम मार्फत यूएईका दर्शकलाई मनोरञ्जन दिन सकिने जानकारी पनि दिए ।
कार्यक्रमका सभापति उत्तम अधिकारी र मञ्चका सदस्य मधुकर वेलवासेले फुलको माला पहिराई जनवादी गायक देवानलाई उपहार प्रदान गरेका थिए ।
साथै मञ्चका सदस्य अनिल रावल, मधुकर वेलवासे, चन्द्र रोकाहा, तारा न्यौपानेले संगठनको बारेमा जानकारी गराएका थिए ।

Read more...

Saturday, November 21, 2009

ट्याक्सी ब्यवसायीद्वारा आज तेह्रथुम,संखुवासभा र धनकुटामा यातायात बन्द

ट्याक्सी चालकमाथी भएको कुटटिको विरोध र पक्राउ परेका सहकर्मीको रिहाईको माग गर्दै ट्याक्सी व्यवसायीहरुले आज तेह्रथुम, संखुवासभा र धनकुटामा यातायात बन्द गराएका छन् ।ट्याक्सी चालकमाथी भएको कुटटिको विरोध र पक्राउ परेका सहकर्मीको रिहाईको माग गर्दै ट्याक्सी व्यवसायीहरुले आज तेह्रथुम, संखुवासभा र धनकुटामा यातायात बन्द गराएका छन् ।
हिलेबाट यात्रु लिएर संखुवासभाको तुम्लिङ्गटारतर्फ जाँदै गरेको ४६६ नम्वरका ट्याक्सी चालक नगेन्द्र खड्कालाई हिजो मोटरसाइकलमा सवार बिन्द्र लिम्वुले कुटपिट गरेपछि ट्याक्सी व्यवसायीहरुले पनि लिम्वुलाई कुटपिट गरेका थिए ।कुटपीटमा संलग्न ४ जना ट्याक्सी ब्यवसायीहरुलाई चैनपुर प्रहरीले पक्राउ गरेको छ ।व्यवसायीहरुले पक्राउ परेका आˆना सहकर्मीहरुको रिहाई र कुटपिटको विरोध गर्दै यातायात बन्द गरेको ट्याक्सी ब्यवसायी
राजकुमार योन्जनले जानकारी दिनुभयो ।

Read more...

पाचथरका डेढदर्जन गाविस सचिव बिहीन

सरकारले लामो समयदेखि दरबन्दीअनुसार गाविस सचिवको पदपूर्तिर् नगर्दा पाँचथर जिल्लाका डेढ दर्जनभन्दा बढी गाविसका बासिन्दा सेवाबाट वञ्चित भएका छन् । सरकारले स्थानीयवासीको समस्यालाई मध्यनजर गरी रिक्त रहेका गाविस सचिवहरूको पदपूर्ति गर्न नसक्दा गाविसवासी सेवाबाट वञ्चित भएका हुन् ।
सचिव नभएकै कारण गाविसस्तरबाट हुने सानातिना योजनाको बाँडफाँड, गाउँपरिषद्, ज्येष्ठ नागरिक भत्ता वितरण जन्म, विवाह, मृत्यु, बसाइसराई व्यक्तिगत घटना, सिफारिसलगायतका काममा गाविसवासीलाई समस्या भएको छ । एकचालीस गाविस रहेको यो जिल्लामा अहिले २२ जना सचिव मात्र कार्यरत रहेको स्थानीय विकास अधिकारी खड्गबहादुर चापागाईंले बताउनुभयो । तत्कालीन विद्रोही नेकपा (माओवादी)ले देशमा द्वन्द्व चर्काएपछि सम्पूर्ण गाविस कार्यालयहरू सदरमुकाम ल्याइएको र शान्तिसम्झौता भएको चार वर्ष बितिसक्दा पनि सरकारले रिक्त रहेको गाविस सचिवहरूको पदपूर्ति गर्न नसक्दा भएका सचिचवहरू पनि गाउँ जान नसकेको जिविस स्रोतले जनाएको छ ।
सचिव कम भएकाले केही सचिवबाहेक धेरैजसो सचिवलाई चार वटासम्म गाविसको जिम्मेवारी दिनुपरेको स्थानीय विकास अधिकारी चापागाईंले बताउनुभयो । काम चलाउनका लागि एक सचिवलाई धेरै जिम्मेवारी दिएर सदरमुकाममै राख्नुपरेको छ ।
यस्तो नगर्ने हो भने सचिवबाट हुने धेरै गाविसका जनताका काम हुन नसक्ने उहाँको भनाइ छ ।

Read more...

Tuesday, November 17, 2009

पांचथर मलेसीया सम्पर्क मञ्चको पुनर्गठन सहित बिदाई कार्यक्रम


Read more...

राष्ट्र निर्माणका आधार हुन युवा



ऐत राज तुम्रोक / दोहा कतार
मुलुकको राजनीतिमा अहिले देखिएको उतारचडावहरुलाई सरसरती हेर्दा अन्योलको स्थितिले अझ गती लिने निश्चितप्राय छ । यस गतिलाई मत्थर गर्दै रोक्न सक्ने सामर्थ्य एकमात्र युवा पिडिमा भएको निर्विबाद छ । मुलुकले पाएको यो युगान्तकारी परिवर्तनको देन युवा बर्गमा नै जान्छ। यदी युवा बर्गहरु एकढिक्का भएर जनाअन्दोलनमा सहभागी नभएको भए आन्दोलन सफल पार्न कुना कुर्ने बेलाका नेताहरुका मात्र बर्गतले भ्याउने नै थएन। शाही सरकारको अन्त र संबिधान सभाको चुनाव हुँदै यो मोडमा पुग्न युवा बर्गको ठुलो युगदान छ । नेपालि जनताको सर्वसक्तिमान सार्वभौमिक्ताको रक्क्षा गर्दै नेपाल राष्ट्रलाई भबिष्यमा आउन सक्ने बिखन्डनलगायतका गम्भिर समस्याहरुको जरो उखेल्न युवा बर्गका पाखुरहरुको अपुर्व शक्तिहरुको जरुरत छ । युवा भनेको राष्ट्र निर्माणका आधार हुन युवा एकता नै राष्ट्रलाई अती आवश्यक पर्ने प्रमुख तत्व हो । त्यसैले राष्ट्रले हरेक युवा बर्गलाई राष्ट्रको राष्ट्र निर्माणका हरेक पक्क्षहरुमा उपस्थिति गराउनु आवश्यक हुन्छ। एकताको बलको प्रशङ्सा विश्वाभरनै हुन्छ,यो ध्रुव सत्य हो। एउटा अङग्रेजी उखान पनि छ । इफ पिपल आर युनाइटेड दे क्यान ओभर्टन द युनिभर्स यो उक्तिको बराबर मेल खाने शायद अरु शब्द छैन होला,एकताको बललाई परीभाषित गर्न । युवाहरुको सक्तिले राष्ट्र निर्माणमा कस्तो भूमिका खेल्छ यसको बर्णन गरिरहनै पर्दैन। राष्ट्रको यस जटिल परिस्थितीलाई ध्यान नराखी आज नेपालका जुझारु, कर्मठ युवा हरुले एक अर्कामा भिडन्तको राजनीति गरिरहेको देख्ता नेपालका सम्पूर्ण बुद्दिजिवी, राष्ट्रप्रेमी आमजन्तामा झन अन्योलता बडेको छ। युवा-यवाबिचको यस्तो बिपरित धुर्विय ब्यवहारले ल्याउने परिणाम राष्ट्रलाई अझ खतरनाक हुन सक्छ। घातक हुन सक्छ । हामिमा कमजोरी देखिए उचाल्ने-पछार्ने जस्ता कृयाकलाप गरी रमाइलोहेर्न रुचाउनेको लागि बाटो बन्छ । तर, हामीहरुको बलको दुरुपयोगहुनु भनेको हामी सयम कमजोरी हुनुहो । यसैले यस्तो सम्बेदनशिल बिषयमा समस्त युवा बर्ग गम्भिर हुनु जरुर छ। मुलुकलाई अरण्य रोदनमुक्त गर्नु आजको युवाहरुको प्रमुख दयित्व मध्ये एक हो । हामीमा राजनीतिक अवस्था आ-आफ्नो हुनु स्वभाविक हो । राजनीतिक आस्था रहन्दैमा यसको मुल्य,मान्यता र मर्यादाको ख्याल नै नगरि हिड्दा आफ्नो आस्थाको केन्द्र राजनीतिक दललाई पनि हानी पुग्छ । सबैका दललाई हानी पुग्दा त्यहा अब दल-दलबिचको एकताको दुरी पनि बड्ने हुन्छ । फुटको राजनीतिको सुरुवात हुन्छ । यसरी फुटको राजनीतिको सुरुवात भएपछी भाई फुटे गवार लुटेको स्थितिमा पुगिने निस्चित छ। युवाहरु अब एक जुट भइ राष्ट्रको भिखन्डनकारी तत्वहरुलाइ परास्त गर्नु पर्ने बेला आएको छ । मुलुक जोगाउने जिम्मेबारी पूर्ण रुपमा युवा बर्गमा आएको छ। झनै प्रबुद,पढेलेखेका,सचेत युवा जो अहिले राष्ट्र नेत्रित्वको अग्रपङ्तिमा छन उनिहरुमा नै कलह,द्रेश,कुटाकुट,मारामार आदी अराजक परिस्थिती सिर्जना भईरहेको देखिएको छ,यो बडी गम्भिर बिषय हो किनभने आज भनेको नेताहरुलाई समेत युवा बर्गले निर्दिष्ट गरिरहनुपर्ने अवस्था छ । विश्व एउटा सानो गाउका रुपमा परिवर्तन भैइसकेको यस सताब्दीमा समस्याको जरो उखेल्न सकिने ठाउँ भनेको सम्बाद वा बर्ता हो। देशमा अहिले जती पनि घटनाहरु घटेका छन भर्खरै मात्रा पत्रकार उमा सिंहको हत्या भएको छ यस्ता जघन्य अपराधका घटनाहरु बडिरहेका छन यस्को बिरोध प्रदशनहरु भइ रहेको छ यसलाई इसु बनाएर फेरी उदण्ड्ता मचिने प्रबल सम्भाबना बदी रहेको छ । यसो हुनु भन्दा यस घटनामा युवा हरु एक भै दोषि पत्ता लगाउनु आवश्यक छ । तोड्फोड र आगजनी जस्ता अपराद जन्य घटना घटाउनु भन्दा सोचेर अघी बड्ने दिन आएको छ । बिगतका शान्ती सम्झौता भएपछी माओवादीहरु पनि शान्तिपूर्ण रुपमा अवतरित भएका छन र सरकारको नेत्रित्व समेत गरिरहेका छन तर पनि आफु सरकारमा रहेकै अवस्थामा पनि आफ्नासंघठन वाइसियल र अखिल क्रान्तिकारी विद्यार्थीहरुको तोड्फोड र अपराधीक कृयाकलापले गर्दा सुरुदेखी नै हतियारको राजनीति गरेकोले उनिहरुको अहम बडेको भन्ने तर्क आज जनमानसको रहेको छ । तर उनिहरु यस कार्यलाई बुर्जुवा माथिको प्रहारका रुपमा लिन्छन, जो सर्वथा गलत सवित हुँदै आइरहेको छ । माओवादीको काम गर्ने, कार्य कर्ता परिचालन गर्ने तरिकामा सुधार आउनु आवश्यक छ किनकी माओवादीका हरेक क्षेत्रमा युवा बर्गको बहुल्य रहेकोले माओवादीले हरेक युवालाई सचेत गराउन्दै जानु माओवादीको कर्तब्य भन्न पुगेको छ । उसले आफ्नो कार्यकर्तालाई कलिङ गर्न नसकी रहेको अवस्था छर्लङै छ । माओबादी कार्य कर्ताहरु बाट भएको घटनाहरुले प्रतिकृयाबादी तत्वहरुलाई प्रतक्क्षरुपमा फाईदा पुग्न सक्ने प्रबल सम्भाबनाप्रती बेलाइमा सचेत नहुने हो भने राष्ट्रमा ठुलै राजनीतिक दुर्घटना हुन सक्ने छ। त्यतिबेला युवा बर्ग मुकदर्शक बन्नु सिवाय अर्को बिकल्प हाम्रो सामु नहुन सक्छ। तयसैले युवा बर्गले अहिले देखिनै सोच्नु अपरिहार्य भएको छ।

Read more...

खबरदार


ऐत राज तुम्रोक
म लिम्बुवानका कलमी सिपाही
लिम्बुवान ब्युझाउन चाहने
म लिम्बुवानका कलमी सिपाही
लिम्बुवान बच्चाउन चाहने
म लिम्बुवानका कलमी सिपाही
लिम्बुवानका ईतिहास लेख्न चाहने
म लिम्बुवानका कलमी सिपाही
लिम्बुवानका नक्सा कोर्न चाहने
त्यसैले खबरदार
मलाई मेरो लिम्बुवान चाहिएको छ ।
मलाई मेरो आमाले बोल्ने भाषा चाहिएको छ
त्यसैले खरदार
मेरो कलमले लेखेको लिम्बुवानको नक्सा
कसैले मेट्ने प्रयास गर्‍यो भने
म आणविक बम भएर पड्कन सक्छु
गोला बारुदको धुवा बन्न सक्छु
त्यसैले खबरदार
म लिम्बुवान राज्यको कलमी सिपाही
लिम्बुवानका बफादार नागरिक
मलाई मेरो लिम्बुवान चाहिएको छ ।
बुझ्नेले जसरी बुझोस
तन्त्र , मन्त्र,बाद,शाद
मलाई लिम्बुवान राज्यको असल नागरिक बन्नु छ ।
काङसोरे , श्रीजङा, फाल्गुनन्द,जस्ता
बिभुतिहरुको सपना साकार पार्नु छ ।
त्यसैले खबरदार
म लिम्बुवानका कलमी सिपाही
लिम्बुवानका बारेमा धेरै लेख्नु छु ।
अझ धेरै
धेरै धेरै लेख्नु छ ।
त्यसैले खवरदार
लिम्बुवान राज्यका उपलब्धिका
हरेक युद्दका ईतिहास लेख्नु छ ।
लिम्बुवान उपलब्धिका निम्ती लड्दा,
गाइते भएका सिपाहिहरुका रगतका पाइला पछ्याउदै
घाइते सिपाहीहरुका ईतिहास लेख्नु छ।
युद्द अनुभुती र स्मरण लेख्नु छ ।
त्यसैले खबरदार
म लिम्बुवानका कलमी सिपाही
मलाई मेरो लिम्बुवान चाहिएको छ ।
त्यसैले खबरदार
अझ बाँकी नै छ
लिम्बुवान बिजय उत्सवका नारा लेख्न
जय जयकारको लाभा
च्याब्रुङ्को ताल सगै लिम्बुवान हासेको हेर्न ।
त्यसैले मलाई लिम्बुवान चाहिएको छ ।
त्यसैले मलाई लिम्बुवान चाहिएको छ ।
दोहा कतार

Read more...

Monday, November 16, 2009

पान्थर मञ्च हङकङको दशैंतीहार कार्यक्रम सम्पन


हङकङ, १८ अक्टुबर २००९ को दिन ईण्डीयन क्लब जोर्डनमा पान्थर मञ्च हङकङले आफ्नो दशैं तिहार कार्यक्रम सम्पन गरेको छ । अनौपचारिक रुपमा कार्यक्रम सञ्चालन गरिए पनि आफ्नो मञ्चका सल्लाहकारहरु भुपेन्द्र चेम्जोङ, ओमराज सम्बाहाङफे र पुष्पा नेम्बाङ यथास्थानमा आसन गर्नु भएको थियो । बगैचा डटकम का वेब माष्टर श्याम कर्ण सुनुवार , सुरेन्द्र सुनुवार , फोटो ग्राफर हरि बहादुर लाओती र सनराई साप्ताहिकका राई चन्द्र दुमी यथास्थानमा आसन गर्नु भएको थियो । मञ्चको अध्यक्ष कृष्ण राज लाओती र जेष्ठ अभिभावक तारा बीर गुरुङ द्वारा दियो प्रजलन गरेर देउसे भैलोको उधघाटन गर्नु भएको थियो । कार्यक्रममा उपस्थिीत सम्पुर्ण पान्थरे र गैरपान्थरहरु लाई मञ्चका अध्यक्ष ले स्वागत र्गनु भएको थियो । मञ्चका सल्लाहकार भुपेन्द्र चेम्जोङले देउसी भैलोको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रम सचिव प्रताप कुमार राईले सञ्चालन गर्नु भएको थियो । पान्थर मञ्च हङकङका कलाकारहरु टिका राम माखिम, कल्पना तुम्रोक, पवित्र राई, पुष्पा राई,निसाम चेम्जोङ, दिपा राई, सरिता रार्ई र उर्मीला बेघा हरुले देउसे भैलो गीत नाचहरु प्रस्तुत गरेर उपस्थित महानुभावहरु लाई मनोरञ्जन प्रदान गर्न सफल भएको थियो ।

Read more...

Followers

Text

  ©Template by Dicas Blogger.